२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाड क्रिकेटः भारत र अफगानिस्तान फाइनलमा भिड्ने



अ+ अ-

काठमाडौं: एसियाली खेल अन्तर्गत चीनको हाङझाउमा जारी एसियाड क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान प्रवेश गरेका छन् ।

आज सम्पन्न दुई सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई र अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेका थिए ।

नवप्रवेशी अफगानिस्तानले पाकिस्तानलाई २० ओभरको खेलमा ४ विकेटले पराजित गरेको थियो । पाकिस्तानले प्रस्तुत गरेको ११६ रनको लक्ष अफगानिस्तानले १७.५ ओभरमा ६ विकेट गुमाएर प्राप्त गरेको थियो ।
अफगानिस्तानका गुलबादिन नाइबले १९ बलमा २६ रन बनाउँदै टिमलाई फाइनलमा पुर्‍याएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानको टिम १८ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटिएको थियो । पाकिस्तानका लागि ओमार युसुफले सर्वाधिक २४ रनको योगदान गरेका थिए ।

अफगान बलरहरु गुलबादिन नाइबले १, फरीद अहमदले ३, क्वाइस अहमदले २, जहिर खाँले २ तथा करिम जनतले १ विकेट लिएका थिए ।

भारत–बंगलादेश

यस्तै भारत र बंगलादेश बीचको निरश खेलमा भारत विजयी भयो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ९ विकेटको क्षतिमा ९६ रन मात्र बनाएको थियो । बंगलादेशलाई सस्तैमा आउट गर्नेक्रममा भारतीय बलर साई किशोरले ३, वासिङटन सुन्दरले २, अर्सदिप सिंह, तिलक बर्मा, रवी बिस्नोई र शहबाज अहमदले समान एकएक विकेट लिएका थिए ।

जितका लागि ९७ रनको चुनौती पाएको भारतले एक विकेटको क्षतिमा ९.२ ओभरमै लक्ष प्राप्त गरेको थियो । भारतका लागि कप्तान रुतुराज गायकवाडले ४० तथा तिलक बर्माले ५५ रन बनाएका थिए ।

भारतले एकमात्र विकेट यशस्वी जयसवालको गुमाएको थियो । उनी शून्यमै आउट भएका थिए ।