६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युतमा ‘ऐतिहासिक’ गिरावट

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युतमा ‘ऐतिहासिक’  गिरावट
अ+ अ-

बैङ्कक । खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ ।

नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलविद्युत् उत्पादनको गिरावटले बिद्युतीय सङ्क्रमणको गतिलाई नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको बताएको छ ।

यस वर्षको जुनसम्ममा विश्वव्यापी जलविद्युत् उत्पादन आठ दशमलव पाँच प्रतिशतले गिरावट भएको उल्लेख गरेको छ । यो पछिल्लो दुई दशकमा कुनै पनि पूर्ण वर्षमा भएको गिरावट भन्दा बढी हो । उक्त गिरावटको तीन चौथाइ चीनमा भएको गिरावटको परिणाम हो ।

बेइजिङको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार सन् २०२२ को शरद र सन् २०२३ को गर्मीयामको बीचमा चीनमा सामान्य वर्षको तुलनामा उल्लेखनीयरूपमा कम पानी परेको थियो भने तापक्रम पनि उच्च भएको थियो ।

विश्वव्यापीरूपमा सौर्य ऊर्जा र वायु शक्ति १२ प्रतिशतले बढेको भए पनि जलविद्युत् उत्पादनमा भएको कमीले सन् २०२३ को पहिलो छ महिनामा कार्बन उत्सर्जन थोरैले वृद्धि भएको छ ।

विद्युत्को मागमा न्यून वृद्धिले अन्यथा हुनसक्ने अवस्थाभन्दा कार्बन उत्सर्जनमा हुने वृद्धिलाई कम राख्न सहयोग गरेको एम्बरले जारी बिहीबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

तर चीनमा जलविद्युत्को उत्पादनमा आएको कमीका कारण कार्बन उत्सर्जन झण्डै आठ प्रतिशतले बढेको छ । एम्बरले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र खडेरीको अवस्थाले यो वर्षको जलविद्युत् उत्पादनमा कमी आएको हुनसक्ने बताएको छ । उसले भविष्यका प्रभावहरूको गणना गर्न कठिन हुने चेतावनीसमेत दिएको छ । एम्बरले जलविद्युत् उत्पादनको सम्भावनामा जलवायु परिवर्तनको परिणामहरू भौगोलिक आधारमा भिन्न रहेको उल्लेख गरेको छ ।

“वर्षाको ढाँचा र तीव्रतामा आएको परिवर्तनका साथै वाष्पीकरणमा भएको वृद्धिले क्षेत्रगत आधारमा जलविद्युत् उत्पादनमा सकारात्मक र नकारात्मक दुवैरूपमा असर गर्नेछ”, प्रतिवेदनमा भनिएको छ ।

मध्य अफ्रिका, भारत, मध्य एसिया र उत्तरी उच्च अक्षांश भएका केही क्षेत्रमा जलविद्युत् उत्पादन क्षमतामा वृद्धि देखिनसक्छ । तर दक्षिणी युरोप, दक्षिणी अमेरिकी र अन्य स्थानमा जलविद्युत् उत्पादन कमजोर हुने सम्भावना छ ।

यस वर्षको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (कोप) को बैठकमा कोपका प्रमुखले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा विश्वव्यापीरूपमा तीन गुणाले बढाउन आह्वान गर्नुभएको छ ।

साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना सन् २०३० सम्ममा जीवाश्म इन्धनको माग उच्च हुने प्रक्षेपण गरेको थियो ।

तर गत वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वायु शक्ति र सौय ऊर्जाको उत्पादन अत्यन्त सुस्त गतिमा भएको छ जसले ऊर्जा क्षेत्रमा लाभको कमजोरीलाई प्रतिबिम्बित गरेको छ ।

“वायु र सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि उत्साहजनक भए पनि जलवायु परिवर्तनका कारण जलविद्युत् उत्पादनमा देखिएको प्रतिकूलतालाई हामीले नजरअन्दाज गर्न सक्तैनौँ”, एम्बरका वरिष्ठ विद्युत् विश्लेषक मालगोर्जटा वेट्रस–मोटिकाले भन्नुभयो, “विश्व ऊर्जा क्षेत्र उत्सर्जनको उच्च अवस्थामा छ र यो दशकमा नवीकरणीय ऊर्जाको उत्पादन तीन गुणाले वृद्धि गर्न विश्वव्यापी सम्झौता गरेर हामीले जीवाश्म इन्धनको उत्पादनमा भएको तीव्र गिरावटलाई गति दिन आवश्यक छ ।” रासस