१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ

चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक  एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ । भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरवासीले एकीकृत रुपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा सम्पन्न भइसकेको जनाइएको छ ।  

चन्द्रागिरि– १२ गुर्जुधारामा रहेको  सात रोपनी जमिन मध्ये  तीन  रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन् ।  काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका  तत्कालीन गाउँविकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो । बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री नवनिर्मित भवन अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ  । 

भूकम्पप्रतिरोधि र अग्नी नियन्त्रक उपकरण जटित सो भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ छ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा भवनको उद्घाटन गर्नुयो । उहाँहरुले नै विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । 

ती दुई स्थानीय तहका संयुक्त साझेदारीमा रु २५ करोड लागतमा भवन सहित बााहिरी आकर्षक बगैँचा  सम्पन्न हुन लागेको हो । सो रकम मध्ये समन्वय समितिको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले  ठेक्का पाएको सो भवन  सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।  

नगरपालिकाका १५ वडा मध्ये अधिकाशंले  आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन् । पछिल्लो समय वडा नं ३ र ४ वडाको नयाँ कार्यालय भवन हाल मात्र निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले  जानकारी दिनुभयो  । 

सो अवसरमा नगरप्रमुख गिरीले भन्नुभयो, “नवनिर्मित नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमितामा  थियो । यस कार्यमा सफलता मिलेको छ । ” समन्वय समिति काठमाडौँका प्रमुख  राजवैद्यले महामारीका बीचमा भवन निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा समन्वय समिति र नगरपालिकाका बीचमा सहकार्य जारी रहने जानकारी दिनुभयो । 

कार्यक्रममा नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत (सातौँ तह) का  सीताकुमारी कार्की र थानकोट अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्मालाई जनही रु ५० हजार नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा १३ औँ साग खेलकूद प्रतियोगितामा चन्द्रागिरी नगरनिवासी पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँतेमा स्वर्णपदक विजेता प्रवीण मानन्धर, बक्सिङमा रजत पदक विजेता ललिता महर्जन, भलिबलमा रजत पदक विजेता प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भण्डारी तथा  प्रशिक्षकद्वय करातँका वीरकृष्ण शाही र बक्सिङका दीपक महर्जन हुनुहुन्छ । कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मीले नगरका विकासका गतिविधिबारे चर्चा गर्र्नुभएको थियो ।