१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा आज दिनभर निषेधाज्ञा, राति कर्फ्यु



नेपालगञ्जमा निषेधाज्ञा
अ+ अ-

बाँके: नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा क्रमशः खुकुलो बनाउन थालिएको छ ।

खासगरी धार्मिक समूह बीचको हिंसात्मक झडप पछि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरी प्रहरी र सेना परिचालन गरेको थियो ।

तर सर्वपक्षीय सहमति पछि प्रशासनले हिजैदेखि दिउँसोको कर्फ्यु हटाएको थियो ।

आज पनि प्रशासनले दिउँसोका लागि नगर क्षेत्रमा निषेधाज्ञा मात्र जारी गरेको छ । पाच जनाभन्दा बढी व्यक्ति एकसाथ हिँडडुल गर्न, पर्चा पम्पलेट टाँस्न प्रतिबन्ध लगाईएको छ । तर राति ८ बजेदेखि भोलि अर्थात शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

निरन्तर अनुगमन र स्थानीय भद्रभलादमी तथा संस्थाहरूको पहलका कारण नगर क्षेत्रमा बिहीबार अपेक्षा भन्दा बढी नै शान्त वातावरण देखिएको थियो ।