३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीमा सेवारत राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा गरिएको हो ।

क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)ले उनलाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

एसियाली खेलकुदमा दीपेन्द्रले मङगोलियाविरुद्ध मात्र नौ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए । दीपेन्द्रले एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का प्रहार गरेका थिए । उनले नौ बलमा लगातार ६ छक्का, त्यसपछि दुई रन र पछि फेरी दुई छक्का प्रहार गरी कीर्तिमानी बनाएका थिए ।