• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ★   क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी ★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु ★   दुर्गमका सबै पालिकामा नुन सुलभ रुपमा उपलब्ध गराउन संसदीय समितिको निर्देशन ★   ‘चेन्नईको भगवान’ भन्दै धोनीको मन्दिर बनाउन माग ★   यसै हप्ताभित्र सरकार बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की ★   पार्टी विभाजनमा प्रधानमन्त्रीको हात रहेको जसपा नेपालको आरोप ★   जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता: प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप

रिगललाई आममाफी दिएकोमा सर्वोच्चले माग्यो लिखित जवाफ



काठमाडौं । गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिबाट आममाफी दिईएकोबारे सर्वोच्च अदालतले जवाफ माग गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्। लिखित जवाफ असोज २४ गते ५ बजेभित्र पेश गर्न भनिएको छ ।

भारती मानन्धरले यही असोज १४ गते श्रीमान चेतन मानन्धरको हत्यारा रिगललाई आममाफी दिईएको भन्दै राष्ट्रपति पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

विसं २०७२ सालमा रिगलको निर्देशनमा मानन्धरको नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो । अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला पनि गरेको थियो । तर यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले आम माफी दिएका थिए ।