• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस ★   ‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित ★   ‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’ ★   शनिबार भक्तपुरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य ★   पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’ ★   विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित ★   मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै ★   गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत ! ★   टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित ★   नेसनल चेस च्याम्पियनसिप; खुल्लातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन

क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को जिल्ला क्रिकेट संघ वा प्रदेश क्रिकेट संघको प्रमुख पदहरुमा वा कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

क्यानको लुम्बिनी र गण्डकी प्रदेश तथा झापा जिल्ला क्रिकेट संघमा रहेका अध्यक्षहरु प्राविधिक समेत भएको हुँदा यसले स्वार्थको द्वन्द निम्तिने भन्दै अभिषेक शर्मा लगायतले उजुरी दर्ता गरेका हुन् ।

निवेदनमा राष्ट्रिय खेलकुद परिषद्को खेलकुद सम्बन्धी ऐन अनुसार कुनै पनि प्राविधिकहरु जिल्ला, प्रदेश वा राष्द्रिय संघको प्रमुख पदहरुमा बस्न नपाउने व्यवस्था रहेको स्पष्ट पारिएको छ ।

साथै, असार महिनामा बसेको क्यानको कार्यसमितिको निर्णयअनुसार जिल्ला क्रिकेट संघ वा प्रदेश क्रिकेट संघको प्रमुख पदहरुमा वा नेपाल क्रिकेट संघको कार्य समितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भनिएको उजुरीमा उल्लेख गरिएको छ ।

तर, यो नियमलाई नेपाल क्रिकेट संघले पूर्ण रुपमा पालना नगरेको उजुरीकर्ताको आरोप छ । एक व्यक्ति एक पदको प्रावधानलाई कायम गराउन माग समेत गरिएको छ ।