१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिगललाई आममाफी दिएकोमा सर्वोच्चले माग्यो लिखित जवाफ



अ+ अ-

काठमाडौं । गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिबाट आममाफी दिईएकोबारे सर्वोच्च अदालतले जवाफ माग गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्। लिखित जवाफ असोज २४ गते ५ बजेभित्र पेश गर्न भनिएको छ ।

भारती मानन्धरले यही असोज १४ गते श्रीमान चेतन मानन्धरको हत्यारा रिगललाई आममाफी दिईएको भन्दै राष्ट्रपति पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

विसं २०७२ सालमा रिगलको निर्देशनमा मानन्धरको नेपालगञ्जमा खुँडा हानी हत्या भएको थियो । अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला पनि गरेको थियो । तर यही असोज ३ गते संविधान दिवसका अवसरमा उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले आम माफी दिएका थिए ।