१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनिट्रक दुर्घटनामा परी एक जनाको मृत्यु



symbolic picture
अ+ अ-

खलङ्गा । दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नंको मालवाहक मिनिट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा दुहु–३ ब्रहमदेवका अन्दाजी ४५ वर्षका करनसिंह बोहराको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आशङ्का गरिएको छ । उक्त मिनिट्रकमा मृतक बोहराको खाद्यान्न चामल थियो ।” घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

उक्त मिनिट्रक सडकदेखि करिब तीन सय ५० मिटर तल महाकाली नदी किनारामा खसेको थियो । रासस