२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीकै केन्द्रीय सदस्य भएकाले ल्हारक्याल लामालाई नियुक्ति गर्न सहज भयो: मन्त्री किराँती



file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताउनु भयो । उहाँले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको उपाध्यक्षको नियुक्तिको सन्दर्भमा उहाँलाई २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेका छौँ । उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाब बिना खुशीले नियुक्ति गरेको हुँ । गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटकपटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अंगले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन । अभियुक्त नभएकाले नेपालको कानून बमोजिम नियुक्त गरेको हो । हाम्रो पार्टीको केन्द्रिय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो ।’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताउनु भयो । उहाँले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताउनु भयो । उहाँले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभएपनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वायुसेवा निगमको इतिहास लामो छ । हामीसँग धमिजा, लाउडादेखि लिएर ठूला ठूला काण्डहरु व्यहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋण छ । कोभिड कालमा पनि विभिन्न ठाउँबाट रेस्क्यु गर्दा जहाज नै अघि सरेको थियो । हामी मन्त्रालयमा आइसकेपछि ४ अर्ब ऋण तिरेका छौँ । पहिलो पटक २ अर्ब ९४ करोड र पछिल्लो समय १ अर्ब र अहिले पनि हामीसँग १ अर्ब ६५ करोड पैसा छ । साना जहाज खरिद प्रक्रियामा हामी अघि बढेका छौँ । इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी नाफा हुने कुरा भएन हामीसँग ६ वटा मात्रै जहाज छ, हामी आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको छ ।’

उहाँले चिनियाँ जहाँज अहिले पनि घाटामा रहेको बताउनु भयो । उहाँले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनियाँ जहाँज घाटामा रहेको बताउनु भयो । उहाँले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ जहाजको सन्दर्भम यो हामी आएर बन्द गरेको होइन । अघिल्लो सरकारले नै तलदेखि पारित गर्दै लगेर अर्थ मन्त्रालय हुँदै नेपाल सरकारले नै नउडाउने भनेर बन्द गरेको हो । चिनियाँ जहाज नेपालमा ल्याइयो, त्यसपछि यसको पाइलट, प्रशिक्षक पाइलट नभएको, पार्टपूर्जा नभएको, बिग्रिँदा पार्टपूर्जा पाउन वर्षौं लाग्ने, त्यसै पनि हवाई क्षेत्रमा संकट नै छ । रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै छ । सम्पूर्ण चिज नपाउने र धेरै नै घाटा लाग्ने भएकाले इन्स्योरेन्स पनि महंगो, अहिले राख्दा पनि इन्स्योरेन्स तिर्नु परिरहेको छ । पार्किङ चार्ज तिर्नु परिरहेको छ, घाटामै छ । लिजमा राख्दा पनि कोही आएन । भालुका कन्पट जस्तो भएको छ। युरोपमा नेपालको कालोसूचि हट्नेकुरा सेती नदीको खोचमा यति एयरलाइन्सको दुर्घटना भएकाले रोकिएको थियो । हालै ११ देखि १५ सेप्टेम्बरमा युरोपियन युनियनको अडिट कमिटीले अडिट गरेको छ, चाँडै सकारात्मक नतिजा आउँछ ।’

मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचिबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको बताउनु भयो ।