१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

शिक्षा विधेयेकका सन्दर्भमा शिक्षक महासंघ द्धारा एमाले सचेतक संग भेट

शिक्षा विधेयेकका सन्दर्भमा शिक्षक महासंघ द्धारा एमाले सचेतक संग भेट
अ अ+ अ-

काठमाण्डौं। विद्यालय शिक्षा विधेयेकका सन्दर्भमा नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न शिक्षक संघ तथा संगठनहरुले एमाले सचेतक महेश वर्तौला संग भेट गरेको छ ।

आज बिहिवार सचेतक वर्तौला संग भेट गरेर महासंघको अध्यक्ष कमला तुलाधरले नेकपा (एमाले)ले शिक्षा विधेयेकमा भएका गलत प्रावधानहरु हटाउन संसदमा भुमिका खेलिदिन आग्रह गर्नु भएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष तुलाधर सहित नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णु भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी लगायतको टोली नेकपा (एमाले)को संसदीय दलमै पुगेर भेट तथा अनुरोध गरेको हो । शिक्षक महांघका प्रतिनिधिहरु संग एमाले सचेतक वर्तौलाले शिक्षक र सरकारका विचमा भएका मुख्य सम्झौताहरु कार्यान्वयनमा सरकार पक्षकै मुख्य भुमिका रहने, सरकारले भएका सम्झौताहरु विधेयेक फिर्ता गररै विधेयेकमा समावेश गरि पुनः दर्ता गर्नुपर्ने वताए ।

सचेतक वर्तौलाले यद्यपी एमालेले शिक्षकका महत्वपुर्ण मुद्धाहरु आफ्ना मुद्धाका रुपमा संसदमा उठाउने, संसाधन प्रस्ताव हाल्ने तथा सरकारलाई दवाव सृजना गरेरै कार्यान्वयनमा लैजान पहल गर्ने वताउनु भयो । भदौ २७ मा संघीय सांसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर असन्तुष्ट शिक्षकहरूले असोज ३ गतेबाट राजधानी केन्द्रित आन्दोलन गरिरहेका थिए।

आन्दोलनरत शिक्षक र सरकारका विचमा दुई चरणमा विभिन्न वुंदाहरुमा छलफल तथा सम्झौता भई शिक्षकहरुले आन्दोलन समेत फिर्ता लिई सकेको छ । सरकारले संसद्‌मा दर्ता भएको विधेयकमा शिक्षकका मागहरु समेट्ने प्रतिबद्धता जाहेर समेत गरेको छ।