२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशु जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार



तस्बिर: नेपाली सेना । फाईल फोटो
अ+ अ-

सिमिकोट । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्‍याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताउनुभयो । आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी उहाँको जटिलस्थिति (ब्रिज प्रिजेन्टेसन)भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभाबमा बिहीबार बिहान मात्र सुर्खेत पुर्‍याइएको उहाँको भनाइ थियोे ।

पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च सङ्घीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ। रासस