६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलबाट ३२० ग्राम सुनसहित २ भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

उनीहरुको साथबाट ३ सय २० ग्राम तौल भएको सुन जस्तो देखिने धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरी बरामत गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।