२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिद्ध संरक्षणमा सघाउ पुर्याउन तीन पशु औषधिमा प्रतिबन्ध लगाइने



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले भारत र बङ्गलादेशमा समेत प्रतिबन्धित उक्त तीन औषधि प्रयोग भएका मृत पशुहरु गिद्धले खादा, गिद्धको स्वास्थ्यमा प्रतिकुल असर परेर मृत्यु हुने भएकाले पशु रोगमा ती औषधिहरु प्रयोग प्रतिबन्ध गर्न लागेको हो ।

मन्त्रालयअन्तर्गतको नेपाल गिद्ध पुन:स्थापन समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय निकुञ्ज तथा वन्तयजन्तु संरक्षण विभागले जनाएको छ । निकुञ्जका महानिर्देशकको अध्यक्षतामा आयोजित बैठकमा गिद्ध संरक्षण कार्ययोजना (२०२३–२०२७) बारे प्रस्तुति तथा छलफल भएको थियो ।

बैठकले गिद्धको संरक्षणमा नकारात्मक असर पार्ने ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’को प्रयोगलाई व्यवस्थित गर्न नेपाल पंक्षी संरक्षण संघको सहयोगमा संरक्षण साझेदार संस्थालाई सहभागी गराई सरोकारवाला स्थानीय सरकार, पशु चिकित्सक र भेट फर्मासमेतलाई लक्ष गरी जन–चेतनामुलक र अन्य समन्वयात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । रासस