• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

भक्तपुरमा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, मोटरसाइकल चालक घाइते



काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी-९ निकोसेरामा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु मृत्यु भएको छ।

अनियन्त्रित कारले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२-०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च २०४९ नम्बरको कार जुधेको थियो। सोहि क्रममा कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा धनुषाको जनकपुरका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको हो ।

बरालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन् ।

मोटरसाइकल चालक कार्की र कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।