१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसन बस्न भारती फेरि पुगिन् माइतीघर



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेकी भारती मानन्धर फेरि आज अनसन बस्न माइतीघर पुगेकी छन् ।

बुधबार माइतीघरमा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला भारती त्यहीँ ढलेकी थिइन् । अहिले उपचारपछि उनी पुन: अनसन बस्न माइतीघर पुगेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने निर्णय गरेपछि सो विरुद्ध उनी अनसन बसिरहेकी हुन् ।

बुधबार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा उनी बेहोस भएर ढलेकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालबाट आज डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन ।

बुधबार उनी २ घण्टा अनसनमा बसेकी थिइन् ।