१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसन बस्न भारती फेरि पुगिन् माइतीघर



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेकी भारती मानन्धर फेरि आज अनसन बस्न माइतीघर पुगेकी छन् ।

बुधबार माइतीघरमा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला भारती त्यहीँ ढलेकी थिइन् । अहिले उपचारपछि उनी पुन: अनसन बस्न माइतीघर पुगेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने निर्णय गरेपछि सो विरुद्ध उनी अनसन बसिरहेकी हुन् ।

बुधबार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा उनी बेहोस भएर ढलेकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालबाट आज डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन ।

बुधबार उनी २ घण्टा अनसनमा बसेकी थिइन् ।