• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट तीन वैज्ञानिक पुरस्कृत



फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार जितेका छन् ।

क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

पदार्थको व्यासमा रहेका केही परमाणुका इलेक्ट्रोनको आवागमनमा बाधा उत्पन्न गर्ने अत्यन्त साना कणहरूमा उनीहरूको कामका लागि सम्मानित गरिएको पुरस्कार प्रदान गर्ने रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।

क्वान्टम डट्सको खोज र संश्लेषणका लागि तीनै जना वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको बताइएको छ ।