७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघका महासचिव गुटेरेस किन आउँदैछन् नेपाल ?



फाईल फोटो
अ+ अ-

काठमाडौं: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही महिना नेपाल भ्रमणमा आउन लागेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । यद्यपी यस भ्रमणका बारेमा आधिकारिक घोषणा हुन बाँकी छ ।

आगामी असोज २६ गते गुटेरेस नेपाल आउन लागेको प्रधानमन्त्रीको सचिवालयको भनाई छ । स्रोतका अनुसार, महासचिव गुटेरेस तीन दिन नेपालमा रहने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले खासगरी शान्ति प्रक्रियाका विषयमा प्रधानमन्त्री र अन्य दलका शीर्ष नेताहरुसँग छलफल गर्नेछन् ।

हालै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बखत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा गुटेरेसको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

तस्बिरः प्रदीपराज वन्त