१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

सिंहदरबार भित्रै खुलेआम सुर्ती सेवन, सरकारी निकायहरु बेखबर

सिंहदरबार भित्रै खुलेआम सुर्ती सेवन, सरकारी निकायहरु बेखबर
अ अ+ अ-

काठमाडौं: नेपाल सरकारले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । ऐन नै बनाएर यस्तो निर्णय भए पनि कार्यान्वयनमा कुनै चासो लिएको पाइन्न । बेलाबखत सूचना जारी हुने गरेका भए पनि राजधानी शहरका सबैजसो सार्वजनिक स्थल, सडकमा खुलेआम सुर्ती सेवन हुने गरेको छ ।

सुर्ती सेवनका बारेमा दिनहुँ आम मानिसलाई सचेत गराउँदै आएको सिंहदरबार भित्रै रहेको नेपाल टेलिभिजनको क्यान्टिनमा पनि खुलेआम सुर्ती सेवन हुने गरेको पाइन्छ । टेलिभिजनका कर्मचारी, आगन्तुक र वरिपरिका मन्त्रालयका कर्मचारी र सेवाग्राही पनि टेलिभिजनकै क्यान्टिनमा झुम्मिएर मजाले चुरोट पिइरहेको पाइएको छ ।

यसमा न त टेलिभिजन प्रशासनले चासो दिएको छ न सिंहदरबार सुरक्षा विभागले । अहिले सिंहदरबार भित्र रहेका अन्य क्यान्टिनमा पनि यस्तै अवस्था छ । धुमपान निषेध भनिए पनि पार्किङ एरिया, क्यान्टिन र सडकका छेउछाउमा बसेर चुरोट सेवन गर्नेक्रम जारी छ । किन चुरोध सेवन गरेको भनेर कसैले सोध्दैन ।

केही अघि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुमपान सेवन गर्न निषेध गरिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको थियो । तर त्यो सूचनाको पनि कुनै प्रभाव परेको देखिन्न ।

सार्वजनिक स्थल के के हुन् ?

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा उल्लेख भएअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम वा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ ।

यसैगरी चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल र सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर पनि सार्वजनिक स्थल हुन् ।

यी बाहेक अन्य कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थललाई पनि सार्वजनिक स्थल मानिने ऐनमा उल्लेख छ ।

जरिवाना कति हुन्छ ?

सार्वजनिक स्थलका व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धूमपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ । यदि त्यसो नगर्ने व्यवस्थापकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

यदि कसैले सार्वजनिक स्थलमा धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गरेमा व्यवस्थापकले ती व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना गर्ने वा दुबै सजायँ गर्न सक्ने कानुनी व्यवस्था छ ।

यदि सार्वजनिक स्थलकै व्यक्ति वा कर्मचारीले धूमपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्ने व्यवस्था ऐनमा छ ।