६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

किसानका समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र

किसानका समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र
अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ ।

रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुषाललाई किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट वाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्नेलगायत नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

“जनआवाज सुन्नका लागी कैलालीको टीकापुर पुग्दा त्यहाँका कृषकको आवाजले कृषि क्षेत्र सरकारको नजरभन्दा बाहिर भएको महशुस भयो”, मन्त्री भुषाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “यहाँका बहुसङ्ख्यक नागरिकको मुख्य आयस्रोत कृषि हो । सो क्षेत्रलाई धान र फेरा खेतीको पकेट क्षेत्रका रूपमा लिइन्छ । आम जनताले न मल बेलामा पाउछन्, न त बिउ राम्रो पाउँछन्, न कृषि उपज सरकारले तोकेको समर्थन मूल्यमा किनिदिन्छ ।”

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगविरुद्धको नक्कली भ्याक्सिन फैलिएको विषयमा छानबिन, स्थानीयस्तरमा उत्पादित कृषि उपजको तथ्याक सङ्कलन तथा बजारीकरण कार्यमा सहजीकरण गर्नुपर्ने माग गरिएको चौधरीले बताउनुभयो ।

उहाँका अनुसार कृषिमा सुलभ कर्जा, बीमा सहुलियत तथा सहज पहुँचका लागि बीमा कम्पनी, बैंक, वित्तीय संस्थासँग साझेदारीमा सुलभ कर्जा कार्यक्रम सञ्चालन, केरा खेतीमा देखिएको रोगको नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

“नेपाली माछा उत्पादक कृषकलाई प्रोत्साहन गर्न छिमेकी मुलुकबाट आयत हुने सम्पूर्ण माछामा अन्त शुल्क भ्याटको अनिवार्यता गर्न, मुडग्री माछाको विक्री वितरणमा रोक लगाउन र माछाको ओसार पसारलाई व्यवस्थित गर्न माग गर्दछौँ”, चौधरीले भन्नुभयो । रासस