• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

सर्वोच्च परिसरमै ढलेकी भारतीलाई उपचारका लागि वीर अस्पताल लगियो



काठमाडौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

आजबाट आमरण अनशन थालेकी उनी सर्वोच्च परिसरमा न्याय माग्न पुगेकी थिईन् । सर्वोच्च परिसरमा पुग्नासाथ उनी बेहोस भएर ढलेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा लगिएको छ ।

आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि उनी त्यसको प्रतिपादमा आजबाट अनसन बसेकी हुन् ।

२०७२ साल असार २९ गते दुई समूहबीच झडप हुँदा नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त हत्या योगराजले गरेका थिए । उक्त घटनापछि फरार रहेका ढकाल २०७३ सालमा अदालतमा आत्मसमर्पण गर्न उपस्थित भएका थिए । त्यसपछि २०७५ बैशाखमा बाँके जिल्ला अदालतले सर्वस्वसहित उनलाई जन्म कैदको सजाय तोकेपछि कारागार चलान भएका थिए ।

नेपाली कांग्रेस निकट तरुण दलका नेतासमेत रहेका ढकाललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिइएको थियो ।

उनी कैद सजाय पूरा नहुँदै जेलबाट रिहा भएपछि मानन्धरकी श्रीमती भारतीले मंगलबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकाललाई तत्काल कारबाही गर्न माग गरेकी थिईन् ।