१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय विश्वकप भोलिदेखि, थाहा पाउनुहोस् सम्पूर्ण जानकारी



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप सुरु हुन मात्र एक दिन बाँकी छ । ४ अक्टोबर अर्थात् आजको ओपनिङ सेरेमोनिपछि उद्घाटन खेल ५ अक्टोबर (भोलि) अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । राउण्ड रोबिन चरणमा १० टोलीले ४५ खेल खेल्नेछन् । जसमध्ये ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर १९ मा अहमदाबादमै हुनेछ ।

कति टिम र कति लिग खेल हुनेछन् ?
सन् २०१९ को विश्वकप जस्तै यस पटक पनि १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक भारतसँगै अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्ड्स, अफगानिस्तान र बंगलादेशले पनि खेल्नेछन् ।

१० टोलीले राउण्ड रोबिन ढाँचामा एकअर्कासँग ९–९ खेल खेल्नेछन् । अर्थात् लिग चरणमा जम्मा ४५ खेल हुनेछन् । नकआउट चरणमा २ सेमिफाइनल र अन्तिममा फाइनल खेल हुनेछ ।

लिग चरणका ४५ खेलमध्ये ३९ खेल डे–नाइट हुनेछन् भने ६ खेल दिनमा हुनेछन् । डे–नाइट खेलहरू दिउँसो २ः१५ बजे सुरु हुनेछन् भने दिनका खेलहरू बिहान १०ः४५ र ११ः४५ बजे सुरु हुनेछन् ।

प्रतियोगिताहरू कहाँ हुनेछन् ?
प्रतियोगिता भारतका १० सहरमा हुनेछन् । हैदराबादमा ३ खेल हुनेछन् भने बाँकी ९ सहरमा ५–५ खेल हुनेछन् । यी ९ सहरमा अहमदाबाद, कोलकाता, मुम्बई, बेंगलुरु, दिल्ली, चेन्नई, धर्मशाला, लखनउ र पुणे पर्छन् । हैदरावादमा दुई अभ्यास खेल पनि खेलिएका छन् । ४–४ अभ्यास खेल तिरुवनन्तपुरम र गुवाहाटीमा सम्पन्न भएका थिए ।

पहिलो खेल कहिले र कुन टिमबीच हुनेछ ?
अक्टोबर ५ मा अहमदावादको नरेन्द्र मोदी स्टेडियममा उद्घाटन खेल न्यूजिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ । लिग चरणका ४५ खेल नोभेम्बर १२ सम्म हुनेछन् । भारत र नेदरल्याण्ड्सबीचको अन्तिम लिग खेल बैंगलोरमा हुनेछ । भारत र पाकिस्तानबीचको लिग चरणको खेल अक्टोबर १४ मा अहमदाबादमा मात्र हुनेछ ।

कसरी टोली सेमिफाइनलमा पुग्नेछन् ?
लिग चरणमा खेल जित्दा प्रत्येक टोलीले २ अंक प्राप्त गर्नेछन् । अंक तालिकाको शीर्ष ४ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १५ नोभेम्बरमा मुम्बई र १६ नोभेम्बरमा कोलकातामा हुनेछ । सेमिफाइनलका विजेता टोलीहरूबीच नोभेम्बर १९ मा अहमदाबादमा फाइनल हुनेछ ।

वर्षाका कारण खेल रद्द भए के हुन्छ ?
लिग चरणको खेल वर्षा वा अन्य कारणले रद्द भएमा दुवै टोलीले १–१ अंक पाउनेछन् । यदि सेमिफाइनल र फाइनल रद्द भएमा, अर्को दिन रिजर्भ डे हुनेछ । नकआउट खेल रोकिएको स्थानबाट रिजर्भ डेमा सोही स्कोरका साथ खेल सुचारु हुनेछ ।

रिजर्भ डे पनि रद्द भयो भने के हुन्छ ?
रिजर्भ डेमा पनि सेमिफाइनल खेल सकिएन भने अंक तालिकामा राम्रो स्थानमा रहेको टोली फाइनलमा पुग्नेछ । रिजर्भ डेमा पनि फाइनल खेल सम्पन्न हुन नसकेमा दुवै टोलीलाई संयुक्त विजेता मानिनेछ र विजेताको ट्रफी बाँडिनेछ ।

सेमिफाइनल पुग्न कति अंक चाहिन्छ ?
सन् २०१९ को विश्वकपमा अष्ट्रेलिया र भारत ७–७ खेल जितेर सेमिफाइनलमा पुगेका थिए । यसपटक पनि शीर्ष ४ मा पुग्न ७ जित आवश्यक छ । ६ खेलमा विजेता हुने टोलीहरू नेट रन रेटमा निर्भर हुन सक्छन् । पछिल्लो पटक न्युजिल्यान्ड र पाकिस्तानको ११/११ अंक थियो तर न्युजिल्यान्डले राम्रो रनरेटका कारण क्वालिफाई गरेको थियो ।

यदि २ टोलीको अंक र रन रेट बराबर भएमा कुन टिम क्वालीफाई हुन्छ ?
मानौं भारत र अफगानिस्तान दुवैको १२–१२ अंक छ र उनीहरुको रन रेट पनि बराबर छ । यस्तो अवस्थामा यी दुईबीच भएको खेल जित्ने टोली छनोट हुनेछ । दुई टोलीबीचको खेल रद्द भएमा अफगानिस्तानको टोली छनोट हुनेछ । किनभने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को छनोटमा अफगानिस्तान पाँचौं र भारत छैटौं स्थानमा छ । किनभने दुवै टोली सुपर लिगको अंक तालिकामा यी स्थानमा पुगेका थिए ।

आईसीसीले २०२३ को विश्वकपका लागि मात्र सुपर लिग सुरु गरेको थियो । यसमा १३ टोली समावेश थिए, सबै टोलीले एकअर्कासँग ३ वा सोभन्दा बढी खेलको ८ ओडीआई सिरिज खेलेका थिए । त्यसैका आधारमा आइसिसीले तयार पारेको अंक तालिकालाई हेरी प्रतियोगिताको छनोट गर्ने निर्णय गरेको थियो ।

खेल टाई भयो भने के हुन्छ ?
यदि खेल लिग वा नकआउट चरणमा बराबरी भएमा, विजेता निर्णय गर्न सुपर ओभर प्रयोग गरिनेछ । खेल सकिएको ५ मिनेटपछि मात्र सुपर ओभर सुरु हुनेछ ।

सुपर ओभरमा दुवै टोलीले एक-एक ओभर ब्याटिङ गर्ने मौका पाउनेछन् । यसमा बलिङ टिमबाट एकजना बलरले ६ बल बलिङ गर्छ भने ब्याटिङ टिमबाट ३ जना ब्याट्सम्यानले मात्र ब्याटिङ गर्न सक्छन् । सुपर ओभरमा धेरै रन बनाएर जित्ने टोलीलाई विजेता मानिन्छ ।

सुपर ओभर खेलको समयमा प्रयोग गरिएका बलहरू मार्फत सञ्चालन गरिन्छ । यसमा पछि ब्याटिङ गर्ने टोलीले पहिले ब्याटिङ गर्ने मौका पाउँछ ।

सुपर ओभर पनि बराबरी भयो भने के हुन्छ ?
सुपर ओभर पनि बराबरी भए पनि विजेताको निर्णय नभएसम्म सुपर ओभर मात्र खेलिनेछ । वर्षाका कारण सुपर ओभर बीचमै रोकिएमा दुवै टोलीले लिग चरणमा १–१ अंक पाउनेछन् । सेमिफाइनलमा अंक तालिकामा राम्रो स्थानमा रहने टोली विजेता मानिनेछ । फाइनलमा सुपर ओभर सकिएन भने दुवै टोली संयुक्त विजेता मानिनेछन् ।

विजेताले कति पैसा पाउँछ ?
एकदिवसीय विश्वकप जित्ने टोलीले करिब ५३ करोड २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेतालाई करिब २५ करोड ६३ लाख रुपैयाँ दिइनेछ । सेमिफाइनलमा पराजित हुने प्रत्येक टोलीले १० करोड ५६ लाख रुपैयाँ पाउनेछन् ।

समूह चरणमा पुग्ने ६ टोलीले करिब १ करोड ३३ लाख पाउनेछन् । यसैगरी समूह चरणको प्रत्येक खेल जित्ने टोलीलाई ५३ लाख ३६ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन डलर (करिब १ अर्ब ३३ करोड १९ लाख रुपैयाँ)रहेको छ ।

यस बाहेक प्लेयर अफ दि म्याच, प्लेयर अफ दि टुर्नामेन्ट, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरको अवार्ड जित्ने खेलाडीलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ ।

आईसीसी एकदिवसीय विश्वकपका लागि सबै १० टोलीले आफ्नो टोली सार्वजनिक गरिसकेका छन् । स्क्वाड घोषणा गर्ने अन्तिम मिति २८ सेप्टेम्बर थियो । यस दिन भारत र अष्ट्रेलियाले आ–आफ्ना टोलीमा १–१ परिवर्तन गर्दै टोलीलाई अन्तिम रूप दिएका थिए ।

अष्ट्रेलिया सर्वाधिक ५ पटक विजेता
एकदिवसीय विश्वकप १३ औं पटक आयोजना हुन लागेको हो । यसअघि आयोजित १२ वटा प्रतियोगितामा अष्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जितेको छ । सन् १९८७ मा इङ्ल्यान्डलाई हराएर भारतले पहिलो पटक ट्रफी जितेको थियो । वेस्ट इन्डिज र भारत २–२ पटक च्याम्पियन बनेका छन् । पाकिस्तान, श्रीलंका र इंग्ल्याण्डले १–१ पटक उपाधि जितेका छन् ।

सन् १९७५ मा पहिलो पटक विश्वकप खेलिएको थियो, जब वेस्ट इन्डिजले उपाधि जितेको थियो । यस्तै, इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियन हो, टोलीले २०१९ मा घरेलु मैदानमा फाइनलमा न्यूजिल्याण्डलाई हराएर उपाधि जितेको थियो ।