• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

३४ सय किलोमिटरको यात्रा गरेको भारतीय क्रिकेट टोलीः हात लाग्यो शून्य



एजेन्सी । भारतीय क्रिकेट टोलीले अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्ध चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुने खेलबाट एकदिवसीय विश्वकप २०२३ को आफ्नो यात्रा सुरु गर्दैछ । यसअघि रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले दुई अभ्यास खेलमा भाग लिनु परेको थियो ।

भारतले गत साता गुवाहाटीमा इंग्ल्याण्डसँग आफ्नो पहिलो अभ्यास खेल खेल्ने थियो तर उक्त खेल वर्षाका कारण रद्द भयो । त्यसपछि मंगलबार भारतले नेदरल्यान्ड्ससँग तिरुवनन्तपुरममा दोस्रो अभ्यास खेल खेल्नुपर्ने थियो । यो खेल पनि वर्षाका कारण रद्द हुन पुग्यो ।

भारतीय टोली अब कुनै पनि अभ्यास खेल नगरी विश्वकपमा प्रवेश गर्नेछ । यी दुई अभ्यास खेलका लागि भारतीय टोलीले करिब ३४०० किलोमिटर यात्रा गर्यो तर खेल खेल्न सकेन । यो यात्रा भारतीय टोलीका लागि कुनै कामको भएन । त्यसबाट टोलीले केही फाइदा लिन सकेन ।

२०२३ को विश्वकपअघिको वार्मअप म्याच पनि वर्षाले प्रभावित भएको थियो । तीन खेल वर्षाका कारण रद्द भएका छन् भने तीनै खेल वर्षाले प्रभावित भए । यसबाट टोली र खेलाडीहरू निकै निराश छन् । नेदरल्याण्ड्सका दुवै खेल वर्षाका कारण हुन सकेन ।