• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

गृहमन्त्री श्रेष्ठ बर्दिवासमा, सुरक्षा निकायका प्रमुखहरुसित छलफल



नारायणकाजी श्रेष्ठ (फाइल तस्वीर)

काठमाडौं: उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा सुरक्षा व्यवस्थाको पछिल्लो अवस्थाबारे जानकारी लिन थाल्नु भएको छ । उहाँले आज बर्दिवासमा सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक डाक्नु भएको छ ।

गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार गृहमन्त्री श्रेष्ठले पछिल्ला केही दिनदेखि मधेश प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे प्रमुख जिल्ला अधिकारीहरु र जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख एवं प्रदेश प्रमुखहरूबाट जानकारी लिनु भएको छ ।

खासगरी, जनकपुर र सर्लाहीमा विभिन्न समुदायबीच उत्पन्न झडप भएका थिए, र त्यहाँ स्थिति अझै पूर्ण शान्त भइसकेको छैन ।

बैठकमा गृहसचिव दिनेश भट्टराई, प्रवक्ता नारायणप्रसाद भट्टराई, प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायतको बैठकमा सहभागिता छ ।

मन्त्रालयका अनुसार गृहमन्त्री श्रेष्ठले अन्य प्रदेशका सुरक्षा प्रमुखहरूबाट पनि ब्रिफिङ लिने तयारी गर्नु भएको छ ।