२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज घटना दु:खद, असमझदारी हटाउन विष्णु पौडेलको आग्रह



अ+ अ-

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय नेपालगञ्ज समेत देशका केही स्थानमा उत्पन्न धार्मिक एवं जातीय असमझदारीप्रति दु:ख प्रकट गर्नु भएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दैै नेता पौडेलले यो तिक्तता र असमझदारीको अवस्थालाई तत्काल हटाएर सामाजिक सहिष्णुता कायम गर्नेतर्फ सक्रिय भूमिका निर्वाह गर्न नेकपा एमालेको सिङ्गो पार्टी पंक्ति र आमजनसमुदायमा आग्रह गर्नु भएको छ ।

उहाँले लेख्नु भएको छ, नेपालको विशिष्ट स्थिति भनेकै धार्मिक, जातीय, सांस्कृतिक बहुलता हो । नेपालीहरुबीचको सहिष्णुता हाम्रो निधि हो, पहिचान हो । यस विशिष्ट परिस्थितिलाई हामी सबैले शदीयौंदेखि आत्मसात गरिरहेका छौं । पछिल्लो समय नेपालगञ्ज समेत देशका केही स्थानमा देखिएका असमझदारी दु:खद छन् ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायका केही व्यक्तिको भडकाउका कारण तनाव उत्पन्न भएको थियो । स्थानीय प्रशासनले कानुन व्यवस्था नियन्त्रणमा राख्न र थप मानवीय र सम्पत्तिको क्षति हुन नदिन निषेधाज्ञा जारी गरेको छ भने धार्मिक समुदायका अगुवाहरुले सामाजिक सदभाव कायम राख्न निरन्तर आग्रह, पहल र छलफल गरिरहेका छन् ।