१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

प्रचण्ड र उनका सहयात्री माथि रवीन्द्र मिश्रका २५ प्रश्न

प्रचण्ड र उनका सहयात्री माथि रवीन्द्र मिश्रका २५ प्रश्न
फाईल फोटो
अ अ+ अ-

काठमाडाैंः राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध वरिष्ट नेता रवीन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विचार, सिद्धान्त एवं व्यवहारका विविध आयामलाई लिएर बेलाबखत कटाक्ष र टिप्पणी गर्दै आउनु भएको छ ।

यसै सिलसिलामा यसपटक प्रचण्ड र उहाँका सारथिमाथ व्यंग्य गर्दै २५ प्रश्न गर्नु भएको छ ।

यी प्रश्नको एकएक जवाफ प्रचण्डले दिने आश गर्न सकिन्न, तर प्रश्नहरु भने यहाँ हामीले मिश्रकै फेसबुक वालबाट लिएर प्रकाशन गरेका छौं ।

प्रचण्ड पथगामीहरू खासगरी राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेछन्। गल्ती झैँ देखिने केही भेटियो कि रमाइ हाल्छन्। तिनले विषयलाई समग्रतामा हेर्दैनन्, तदर्थतामा हेर्छन्।

तिनले, एक गल्तीले देशलाई पारेको अफ्टेरो र १०० गल्तीले देशलाई गरेको अक्षम्य घातको भिन्नता छुट्याउँदैनन्। ती सन्तुलन र वस्तुपरकताको आँखाबाट समाज, राजनीति र देशलाई हेर्नै सक्दैनन्।
अपवादलाई छोडेर, नागरिक समाज तिनै प्रचण्ड पथगामीको हातमा छ; मिडिया तिनकै गहिरो प्रभावमा छ; लेखक/बुद्धिजीवी तिनकै छायाँमा छन्। फेरि जोड दिएँ – अपवादलाई छोडेर।
अब प्रतिप्रश्न गरिदिने कसले? अफ्टेरो तथ्य/सत्य कसले बोलिदिने?
कमसेकम ती “अपवादहरू”ले “प्रतिगामी/दास” को आरोप आउला भनेर अब अफ्ठेरो मान्न भएन। देश संकट-उन्मुख छ। पहिले पनि मैले लेखेको छु –- हरेक शासनमा केही अप्रिय घटना घट्छन्। तिनको ‌औचित्य दर्शाउन मिल्दैन तर हरेक शासनहरूलाई तदर्थतामा होइन, समग्रतामा तुलना गरिनु पर्छ।
“अपवादहरू”ले अब ‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात प्रचण्ड पथगामीहरूलाई सोध्नु पऱ्यो:
१. अनाथ बालबालिकाका लागि दिएको बालमन्दिर कहिले खाइयो?
२. उत्कृष्टता र इमानलाई लोप्पा खुवाउन कहिले शुरू गरियो?
३. नेपाली-नेपालीबीच हत्या-हिंसा कहिले शुरू भयो?
४. १७ हजार नेपाली कहिले मरे? किन मारिए?
५. हजारौँ अङ्गभङ्ग कहिले भए?
६. लाखौँ विस्थापित कहिले भए?
७. दण्डहिनता कहिले बढ्यो?
८. शहरहरू सुकुम्बासी वस्तीमा कहिले परिणत हुन थाले?
९. काठमाडौँ उपत्यका, पोखरा, सुर्खेतका जस्ता भू-उपयोग तथा सहरी व्यवस्थापनका योजना ध्वस्त कहिले पारियो?
१०. गाऊँमा नेपाली मारिँदै गर्दा संसदमा पुरूष सांसदले सुत्केरी भत्ता कहिले खाए?
११. पजेरो/लाउडा/धमिजा काण्ड कहिले भयो?
१२. केही होइन, दर्जनौँ होइन –- सयौँ भष्ट्राचारको काण्ड कहिले भयो?
१३. कुशासनले पराकाष्ठा कहिले छोयो?
१४. नेता नचिने सरकारी अस्पतालमा बेड नपाउने स्थिति कहिले बन्यो?
१५. उपचार खर्च तिर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर मर्नुपर्ने स्थिति कसले बनायो?
१६. सार्वजनिक शिक्षाको स्तर क-कसका कारण पतन भयो?
१७. प्रहरी, प्रशासन, न्यायलय, अख्तियार लगायत राज्यका हरेक महत्वपूर्ण संस्था क्षयिकृत कहिले भए?
१८. अन्तर्राष्ट्रिय छवि पूर्ण रूपमा कहिले ध्वस्त भयो?
१९. विदेशी प्रभाव सधैँ थियो, तर विदेशीको तलुवा चाट्ने काम कहिले शुरू भयो?
२०. एउटा राजाको ठाऊँमा एक हजार राजा कहिले जन्मिए?
२१. देशमा धार्मिक/जातीय संवेदनशीलता र हिंसा कहिले बढ्यो?
२२. देशको ऋणभार तिब्र रूपमा कहिले चढ्यो?
२३. देश असफल राष्ट्रको संघारमा कहिले पुग्यो?
२४. यी सबै प्रश्नको दोष धर्ती जस्तै सबै सहेर बसेका ती एकजना राजा (ज्ञानेन्द्र) लाई लगाएर बसेर प्रचण्ड पथगामीहरू चोखिन मिल्छ?
२५. अनि ९४ प्रतिशत जनमत लिएर बसेका दलहरूले ६ प्रतिशत मत लिएर बसेको दल (राप्रपा) लाई जनमत भड्काएको भनेर दोष लगाउन मिल्छ?
माथिका प्रश्न गर्नुको अर्थ पञ्चायत ठिक थियो, प्रजातन्त्र ठिक भएन भन्ने होइन। ती प्रश्न गर्नुको अर्थ २०४६ सालपछि नेपालमा केही पनि उपलब्धि हासिल भएन भन्ने पनि होइन।
तर एउटा कुरा सत्य चाहिँ के हो भने, २०४६ साल यता “राष्ट्र र राज्य” का रूपमा नेपालको क्षयीकरण र पतन क्रमिकरूपमा तिब्र छ। र यो खतरनाक तहमा पुगिसकेको छ।
अन्य धेरै कुरा सुधार्न सकिन्छ तर समग्रमा राष्ट्र र राज्य अति नै कमजोर र असफल भयो भने त्यसबाट देशलाई उठाउन हम्मेहम्मे पर्छ।
गल्ती सबैले गरे। यहाँ कोही चोखो छैन। तर सबैभन्दा बढी गल्ती हामीजस्ता आफूलाई जान्नेसुन्ने भन्ने पढेलेखेकाले गरे, जसले समाज र राजनीतिलाई आफ्ना विचार अनुरूप होइन देशको आवश्यकता अनुरूप निर्देशित गर्नुपर्थ्यो।
त्यसैले म पढेलेखेको छु, मैँ जान्ने-मैँ बुझ्ने भनेर आफ्नै विचारले मात्र देशलाई डोर्याउने प्रयास अब बन्द गरौँ। हामी हरेकको #विचारभन्दामाथिदेश छ।
स्थिति नियन्त्रणभन्दा बाहिर जानु अगाबै ‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात प्रचण्डपथगामी सबै राजनीतिक दल र नागरिक समाजले विवेक पुऱ्याएर #नवीनसमझदारी मार्फत राजा र राजनीतिक दलहरूलाई एक ठाऊँमा ल्याउने प्रयास नगर्ने हो भने हाम्रा आ-आफ्ना विचार त रहलान्, तर देशचाहिँ अझ गहिरो संकटमा फस्नेछ।
‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात प्रचण्डपथगामीहरूलाई आग्रह छ: सबैले तीव्ररूपमा दानवीकरण गर्दागर्दै पनि राजा लोकप्रिय हुँदै गए भनेर आत्तिनु पर्दैन।
त्यो राजाको दानवीकरणका लागि बनाइएका अनेकन् भ्रामक भाष्यहरूपछाडीको वास्तविक यथार्थ आम नागरिकले आफ्नै विवेकले बुझ्नुको र प्रचण्ड पथगामीहरूको असक्षमता, भष्टता र दूर दृष्टिहीनता उदाङ्गो हुनुको समुच्च परिणाम हो।

देशलाई पूर्णत: असफल हुनबाट जोगाएर सही दिशामा डोऱ्याउन अब यो/त्यो भनेर झगडा गरेर बस्ने स्थिति छैन। सबैले सबैलाई क्षमा दिनै पर्छ। #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन।