४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ भूकम्पप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको सुदूरपश्चिमी क्षेत्रका विभिन्न जिल्लामा पुगेको क्षति र जनसाधारणमा उत्पन्न त्राशदीप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

पूर्वराजा शाहका तर्फबाट आज जारी एक विज्ञप्तिमा ठूलो भूकम्पपछि उत्पन्न भइरहेका परकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतकर्ता आवश्यक रहेको उल्लेख छ ।

उहाँले भूकम्पबाट घायल भएकाहरुको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माण तर्फ तत्काल सबैको ध्यान पुर्‍याउन आग्रह गर्नु भएको छ ।

यही मंगलबार अपराह्न बझाङलाई केन्द्रविन्दु बनाएर ६.३ रिक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट बुधबारसम्म बझाङ र आसपासका जिल्लाहरुमा निरन्तर भूकम्पका परकम्प आइरहेका र एक जनाको मृत्यु हुनुका साथै कैयौं व्यक्तिका घर एवं सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

No description available.