२० भाद्र २०८३, शनिबार
,
Latest
स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ भूकम्पप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको सुदूरपश्चिमी क्षेत्रका विभिन्न जिल्लामा पुगेको क्षति र जनसाधारणमा उत्पन्न त्राशदीप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

पूर्वराजा शाहका तर्फबाट आज जारी एक विज्ञप्तिमा ठूलो भूकम्पपछि उत्पन्न भइरहेका परकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतकर्ता आवश्यक रहेको उल्लेख छ ।

उहाँले भूकम्पबाट घायल भएकाहरुको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माण तर्फ तत्काल सबैको ध्यान पुर्‍याउन आग्रह गर्नु भएको छ ।

यही मंगलबार अपराह्न बझाङलाई केन्द्रविन्दु बनाएर ६.३ रिक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट बुधबारसम्म बझाङ र आसपासका जिल्लाहरुमा निरन्तर भूकम्पका परकम्प आइरहेका र एक जनाको मृत्यु हुनुका साथै कैयौं व्यक्तिका घर एवं सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

No description available.