१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

नेपाल र नेपालीको अस्तित्व माथि अकल्पनीय सङ्कट आउन सक्ने नागरिक अगुवाहरुको चेतावनी

नेपाल र नेपालीको अस्तित्व माथि अकल्पनीय सङ्कट आउन सक्ने नागरिक अगुवाहरुको चेतावनी
अ अ+ अ-

तस्बिरः राकेशकुमार मिश्र-रासस

काठमाडौं । सामाजिक सद्भाब कायम गर्न नागरिक समाजका अगुवाहरुले आग्रह गरेका छन् ।

उनिहरुले आज एक बिज्ञप्ति जारी गर्दै विदेशीको चलखेल बढ्दै गएको र उनीहरुबाट साम्प्रदायिक द्वन्द सृजना गर्न अनेक प्रकारका चलखेल भएको स्पष्ट सङ्केत देखिएको जनाएको छ । विदेशीबाट हुनसक्ने चलखेललाई हामी नेपालीले सजगतापूर्वक बुझ्न र महसुस गर्न ढिलो गरियो भने नेपाल र नेपालीको अस्तित्व माथि अकल्पनीय सङ्कट आउन सक्ने पनि उहाँहरुले चेतावनी दिनु भएको छ ।

बिज्ञप्तिमा धमिलो पोखरीमा आन्तरिक शक्ति पनि खेल्न थालेको अनुभूती हुन थालेको छ, त्यस्तो खेल कुनै दृष्टिकोणबाट देशको लागि हितकारी नहुने स्पष्ट गरिएको छ ।

बिज्ञप्तिको पूर्णपाठ

नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक तथा बहुसंस्कृतियुक्त देश भएको कुरा सर्वविदितै छ । नेपालको यो विविधता हजारौं वर्ष पुरानो हो । यही इन्द्रेणी संस्कृतिमा यस भूभागमा बस्ने सबै नेपाली सदियौँदेखि पारस्परिक स्नेह, सद्भाव र सहिष्णुतापूर्वक रमाई रहेका थियौँ र रमाई रहनु पर्दछ भन्ने हाम्रो विश्वास हो ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि दुईवटा आम चुनाव भई सक्दा पनि राजनीनिक रुपमा मुलुक झन झन गहिरो खाडल तर्फ अघि बढदैछ । साथै भ्रष्टाचार, कुशासन, दण्डहिनता तथा अस्थितरताको दुष्चक्र फस्दै गएको छ । यिनको निकासका बाटो देखिएको छैनन् ।

यसैबीचमा हाम्रो मुलुकमा विदेशीको चलखेल बढ्दै गएको र उनीहरुबाट साम्प्रदायिक द्वन्द सृजना गर्न अनेक प्रकारका चलखेल भएको स्पष्ट सङ्केत अनुभव गरिएका छन् । विदेशीबाट हुनसक्ने चलखेललाई हामी नेपालीले सजगतापूर्वक बुझ्न र महसुस गर्न ढिलो गरियो भने नेपाल र नेपालीको अस्तित्व माथि अकल्पनीय सङ्कट आउन सक्छ । धमिलो पोखरीमा आन्तरिक शक्ति पनि खेल्न थालेको अनुभूती हुन थालेको छ, त्यस्तो खेल कुनै दृष्टिकोणबाट देशको लागि हितकारी छैन भन्नेमा हामी विश्वस्त छौँ ।

केही समय अघी धरान र सर्लाही जिल्लाहरुमा भड्किन खोजेको साम्प्रदायिक विद्वेषको कलहबाट मुलुक अझै निस्की सकेको छैन् । यस्तो अवस्थामा नक्कली फेसबुक आइडिबाट भएको कमेन्टबाट नेपालगञ्जमा सुरु भएको साम्प्रदायिक विद्वेषको धटनाले सवैलाई एक पटक फेरी झक झकाई दिएको छ । साम्प्रदायिक भड्कावमा मलजल गर्ने कुतत्वले मुलुकलाई जातीय र धार्मिक द्वन्दमा झनै फसाउने डर उत्पन्न भएको छ ।

तसर्थ, नेपाल सरकारले प्रचलित कानूनको अधिनमा रही नेपालगञ्जको स्थितिलाई भडकिन नदिन जे जस्ता कदम चालिनु पर्नेहो, चाल्नु पर्दछ भन्ने ठान्दछौँ । साथै जातीयता र धार्मिक द्वन्दको झिल्कोले अन्य क्षेत्रलाई नछोवोस भनेर पूर्ण रुपमा सतर्कता अपनाउनु पनि आग्रह गर्दछौँ ।

धरान, सर्लाही र नेपालगञ्जमा घटेका घटनकाको निष्पक्ष छानवीन गरी दोषीलाई प्रचलित नेपाल कानूनबमोजिम कारवाही गरियोस् भन्ने पनि जोडदार माग गर्दछौं ।

नेपाली समाजलाई विभाजन गरी साम्प्रदायिक दङ्गा फसाउन विभिन्न विदेशीहरु तथा स्वदेशी तत्वहरु उद्दत रहेको स्ष्पट सङ्केत देखिएकोले यसमा विभिन्न जातजाति, धर्म, भाषा, संस्कृतिमा आबद्ध महानुभावहरु एवं आम जनजीवनसँग सम्बद्ध सवै – राजनीतिक दल, राजनीतिकर्मी, प्राध्यापक, शिक्षक, वकिल, डाक्टर, कर्मचारी, नागरिक समाज, व्यापारी– मा सामाजिक सहिष्णुताका लागि सचेततापूर्वक क्रियाशील भई आ – आफ्नो स्थानबाट सामाजिक सदभाव खलवल हुन नदिन सक्रिय भएर लाग्न हार्दिक अपिल गर्दछौँ ।

अन्त्यमा मुलुक गम्भीर अवस्थामा छ भन्ने कुरा नेपाल राष्ट्र र नेपालीप्रति आस्थावान सबै नागरिकले समयमा नै बुझ्न र महसुस गर्न सकिएन भने हाम्रो मुलुक र नेपाली समाज कहाँ पुग्छ यसै भन्न सकिदैन । भविष्यमा हामीसँग गुमाउन बाँकी केही पनि नरहन सक्छ भनी सबैमा चेतनाको लागि अनुरोध गर्दछौँ ।

१. वारिष्ठ अधिवक्त ध्रुवलाल श्रेष्ठ
२. डा. द्वारिकानाथ ढुङ्गेल
३. एस. के. तिमिल्सिना
४. डा. राजेश अहिराज
५. अधिवक्ता युवराज कोइराला
६. धार्मिक अभियन्ता सुवास ढकाल
७. सामाजिक अभियन्ता रीता खनाल
८. धार्मिक अभियन्ता घमादेवी भट्टराई खनाल
९. राजनीतिकर्मी महेश्वर श्रेष्ठ
१०. अधिवक्ता हरिप्रसाद कट्टेल
११. अधिवक्ता ओमप्रसाद रेग्मी
१२. सामाजिक अभियन्ता अमर के.सी
१३. इन्जिनियर सुरेश बज्राचार्य
१४. अधिवक्ता डा. ज्ञान बस्नेत
१५. अधिवक्ता एम. आर. उपाध्याय
१६. अधिवक्ता शान्ति ढुंगाना
१७. इन्जिनियर रामभक्त वादे
१८. अधिवक्ता भुवन अधिकारी