• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी 



काठमाडौं: परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) र नेपाल वातावरण पत्रकार समूह (नेफेज)बीच जलवायु परिवर्तन र जलवायु कूटनीतिका विभिन्न विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । वातावरणका राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा, दिगो विकास, हरित अर्थतन्त्र, जलवायु शरणार्थीजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा प्रतिष्ठान र नेवापसले सहकार्य गर्ने प्रकृतिका भएकाले समझदारी गरिएको हो ।

समझदारीअनुसार यस्ता विषयमा दुवै संस्थाले बहस, छलफल, अन्तरक्रिया र शोध अनुसन्धान गर्ने छन् । सोमबार प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डे र नेवापसकी अध्यक्ष रोशनी अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीअनुसार प्रतिष्ठानले वातावरणको संरक्षण, सम्बर्द्धन, जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरणसम्बन्धी नीतिनिर्माण प्रक्रियामा समूहलाई संलग्न गराउने छ भने समूहले प्रतिष्ठानको नीतिनिर्माण तथा कार्यान्वयन प्रक्रियामा विशेषज्ञहरूको राय उपलब्ध गराएर वा स्वयं संलग्न रही सहयोग गर्नेछ ।

प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक पाण्डेले जलवायुको मुद्दाबाट कुनै पनि देश टाढा रहन नसक्ने बताउँदै उच्चस्तरीय भ्रमणका क्रममा सरकारले यस्ता विषयलाई भ्रमणको एजेण्डा बनाउनुपर्ने बताउनुभयो । ‘कूटनीतिक क्षेत्रका अन्य एजेण्डाका अतिरिक्त जलवायु कूटनीति छुटाउनै नहुने एजेण्डा बनिसकेका छन्, तर उच्चस्तरीय भ्रमणमा यस्ता विषय अझै प्राथमिकतामा पर्न नसकेका बेला समूहसँगको समझदारी महत्वपूर्ण हुने मेरो विश्वास छ’, उहाँले भन्नुभयो ।

सोही अवसरमा बोल्दै नेवापसकी अध्यक्ष अधिकारीले जलवायुको विषय विशुद्ध वातावरणसँग मात्रै जोड्न नमिल्ने उल्लेख गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय अर्थ नीतिमा पनि उत्तिकैै जोडिएको बताउनुभयो । कुनै एक संस्था र सरकारको एक्लो पहलले मात्रै वातावरण र जलवायु कूटनीतिका विषयलाई परिणाममुखी बनाउन नसक्ने भएकाले समूह र प्रतिष्ठानबीच सहकार्य सुरु भएको उहाँको भनाइ थियो ।

सोही अवसरमा नेवापसका उपाध्यक्ष टीका बन्धन, महासचिव सविन शर्मा र सचिव सृष्टि काफ्लेले जलवायु कूटनीतिका विभिन्न विषयमा प्रतिष्ठान र समूहले नियमित छलफल श्रृंखला चलाउने बताउनुभयो । प्रतिष्ठानका स्रोत व्यक्ति मात्रिका पौडेल र सूचना अधिकारी सानुराजा पुरीले दिगो विकास, हरित अर्थतन्त्र, जलवायुका विभिन्न मुद्दाहरुमा दुवै संस्थाका स्रोत व्यक्ति एवम् विज्ञहरुको ज्ञान र अनुभवलाई दिगो सहकार्यमा जोड्ने धारणा राख्नुभयो ।