३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जको अवस्था: झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते



अ+ अ-

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी प्रभावकारी एवं समन्वयात्मक रुपमा परिचालन भएको जनाएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको जनाउँदै स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेको छ ।

अहिलेको परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सदभाव र शान्ति कायम गर्न महत्वपूर्ण भूमिकाको स्थानीय प्रसासनले अपेक्षा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले रासससँग कुरा गर्दै स्थानीय प्रशासन ऐनको दफा ६ ९२० बमोजिम नेपाली सेनाको सहयोग लिएकोसमेत जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । रासस