११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी



अ+ अ-

काठमाडौँ । सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आइतबार तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अबको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएको समाचार छ ।

यसअघि बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेको थियो । एमसीसी सम्झौता र स्थानीय तहको निर्वाचनका सम्बन्धमा आइतबार प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको छ । आज सोमबार मन्त्रिपरिषद्को नियमति बैठक बस्ने दिन पनि हो । पाँच दलीय सत्तारुढ गठबन्धनभित्र आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेसम्बन्धमा सहमति भइसकेको बताइएको छ । निर्वाचन आयोगले पनि सरकारलाई जेठ ४ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ ।