१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान



अ+ अ-

काठमाडौ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । 

यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । उहाँले ७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको पनि बताउनु भयो । प्रवक्ता पौडेलले आगामी स्थानीय निर्वाचन २०७९ लागि निर्वाचनको समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामुहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग मिति ०७८÷१२÷०२ मा सम्झौता गरिसकेको पनि बताउनु भयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, ‘आगामी स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्षस्वतन्त्र, विश्वसनीय र मितव्ययीरुपमा सञ्चालन गर्ने सन्दर्भमा प्रचलित कानून बमोजिम निर्वाचन प्रयोजनको लागि दल दर्ता भएका दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सन्दर्भमा निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको छ । आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।

आगामी स्थानीय निर्वाचन २०७९ लागि निर्वाचनको समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामुहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग मिति ०७८÷१२÷०२ मा सम्झौता गरिसकिएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि आज मिति ०७८/१२/३ गतेको गोरखापत्र दैनिकमा ६ वटा प्याकेजमा इ ब्रिडिङको माध्यमबाट खरिद गर्न सूचना प्रकाशित गरिएको छ ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि आजबाट ६ वटा प्याकेजमा इ ब्रिडिङको माध्यमबाट खरिद गर्न पनि आयोगले आग्रह गरेको छ ।