• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइनः सांसद पौडेल



काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताउनुभएको हो । उहाँले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको बिरोध गर्नु उपयुक्त नहुने बताउनु भयो । उहाँले ओलीले संसदमा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै टिप्पणी गर्नुभयो । ओलीले संसदीय गणितमा आफु अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जतिबेला उहाँले नेपालमा गणतन्त्र सम्भव छैन । गणतन्त्रको यात्रा गर्नु भनेको बयलगाढा चढेर अमेरिका जाने हो भन्ने कुरा गर्नुहुन्थ्यो त्यही बेलामा नेपालमा राजतन्त्रको अन्त्य सम्भव छ । संविधान सभाबाट संविधान बन्नुपर्छ । नेपालको राज्य प्रणाली संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेर हामी आन्दोलनमा थियौँ । त्यो आन्दोलनलाई निकै नकारात्मक रुपमा उहाँले चित्रण गर्नुभयो ।

भगवानले पठाएको देवदुत जस्तोगरी उहाँहरुले उपदेश दिने गर्नुुहुन्छ बेलाबखत । यो निरन्तरताको शैली बाहेक केही होइन । कुनै भिजन, दृष्टिकोण भन्दापनि गणितमा आफु अल्पमतमा परेको र सरकार सञ्चालन गर्न नपाएको भावनाको प्रकटीकरण हो । संसदमा गणित नपुगेको असन्तुष्टिको पोको हो । त्यसको आक्रोश बाहेक केही होइन ।’

उहाँले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गर्नुभयो ।