२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महंगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सांसदहरुको माग



संघीय संसद। फाईल फोटो
अ+ अ-

काठमाडौँ । सांसदहरुले चाडपर्वको मुखमा महंगी अचाक्ली बढेको भन्दै महंगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले चाडपर्वको मुखमा महंगी र कालोबजारी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले महंगी नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो– ‘महंगी, भ्रष्टाचार र विचौलियाहरुको चलखेलले दैनिकी चुल्हो, चौका चल्न मुस्किल भइसक्यो । यो सरकार कहाँ छ ? दशैँ, तिहार नजिकिदै छ । महंगीलाई कसरी नियन्त्रण गर्ने भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउदँछु ।’

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले महंगीको नियन्त्रण गर्दै राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले जनता कालोबजारीबाट रन्थनिनुपरेको अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगिक क्षेत्र हतोत्साहि छ । घोर आर्थिक मन्दी, बेरोजगारीबाट नेपाली जनता निराश छन् । कालोबजारीले रन्थनिएको अवस्था छ । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ । महंगि आकाशिएको छ । चाडवाडको बेलामा यस्तो स्थिति छ सरकार के हेरेर बसेको छ ? गम्भिरतापूर्वक राहत कार्यक्रम ल्याओस् ।’

प्रतिनिधि सभा सदस्य आश्माकुमारी चौधरीले चाडवाडमा जनतालाई सुविधा हुनेगरी सहुलियत प्रदान गर्न माग गर्नुभयो । उहाँले बजार अनुगमन गरी महंगि नियन्त्रण गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चाडवाड नजिकिँदै जाँदा महंगि बढाएर जनताको जिवनमाथि खेलवाड गरिरहेको छ । बजारमा हरेक सामानको मूल्य आकासिएको छ । तर सरकार मौन छ । पेट्रोलियम पद्धार्थ, खाना पकाउने ग्याँस लगायत मूल्यवृद्धि गरेर फिर्ता लिएको छ । तर महंगि नियन्त्रण छैन । चाडवाडमा जनतालाई सुविधा हुनेगरी यथाशिघ्र सहुलियत प्रदान गर्न र बजार अनुगमन गरि महंगि नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले पनि यथाशिघ्र बजार अनुगमन गर्न माग सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य उर्मिला माझिले मुल्यवृद्धिको आतंक कम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य असिम साहले सरकारले खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेर पनि नदिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘खेलाडीलाई पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा पटक पटक उठाउन मलाई चाहीँ लाज लागिसकेको छ । क्रिकेट खेलाडीले लिग जितिरहे सरकारले उधारो पुरस्कार घोषणा गर्दै गयो । खेलाडीले पाउनुपर्ने रकम १६/१७ लाख जम्मा भइसकेको छ । दुई रुपैयाँ पनि दिन सकेको छैन । तपाईहरु खेल खेल्न जानुस् फर्किदासम्म पैसा आउँछ भनेर प्रधानमन्त्रीले बोल्नुभयो तर भुक्तानीको कुनै सुुरसार छैन । दलाल, बिचौलिया, ठेकदारको कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला । ब्याक डेटमा चेक बन्थ्यो होला । खेलाडीलाई झुठो आश्वासनमा झुलाइएको छ ।’

प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतले पेशाकर्मीहरुलाई सरकारले शान्ति, सुरक्षा दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज देशमा हत्या, हिंसा, आतंक बढेको छ । भ्रष्टाचार, महंगी बढेको छ । बेरोजगारी बढेको छ । धर्म, जातिका नाममा समाज विभाजित भइरहेको छ । देश डरलाग्दो अवस्थामा गएको महशुस गरिरहेका छौँ । चिकित्सकमा पिटिने परिस्थिति छ । पेशाकर्मी सुरक्षित महशुस गरिरहेका छैनन् । प्रहरी नै डाक्टर कुटे भनेर गर्व गर्छ । यहाँ कसले शान्ति सुरक्षाको प्रत्याभुति गर्छ ?’

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सिंहदरबारस्थित नेपालको पहिलो संसद भवन जिर्ण अवस्थामा रहेकाले पुन:निर्माण गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले नयाँ संसद भवनमा संसद बैठक कहिले बस्छ भनेर प्रश्न समेत गर्नुभयो ।