६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए यसबिरुद्ध कदम चाल्छौँ: ओली

फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए यसबिरुद्ध कदम चाल्छौँ: ओली
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल न तयार नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शाीन्त प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको बताउनु भयो । उहाँले आफूले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाउनु भयो ।

उहाँले फागुन १ गतेलाई सरकारी बिदा दिनेकुरा मान्य नहुने भन्दै फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरुले कदम चाल्नुपर्ने चेतावनी दिनुभयो । उहाँले आगामी मन्त्रीपरिषद्को बैठकबाट नै सो निर्णय फिर्ता लिन चेतावनी दिनुभयो । उहाँले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रुपमा मनाउन आफूहरु तयार नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गरौँ भन्ने चाहन्छाँै । अगाडिदेखि पहल गरिरहेका छौँ । म प्रधानमन्त्री भएका बखत सम्माननीय प्रधानमन्त्री त्यति बेला सत्तारुढ दलको को चियरम्यान हुनुहुन्थ्यो । मैले प्रधानमन्त्रीको हैसियतमा शान्ति प्रक्रिया टुंग्याउन खोज्दा मेरो साथैमा बसेका को चेयरम्यानको साथ पाइनँ । समिति बनाउन एक वर्ष, नाम दिन अर्को एक वर्ष । मैले के भने, तपाई र शेरबहादुर जी प्रतिपक्षमा हुनुहुन्थ्यो । तपाईहरु मिलाएर आउनुस्, टुंग्याउने प्रश्ताव ल्याउनुस् म टुंग्याउँछु भन्दा मानिएन । शाीन्त प्रक्रिया होइन, तपाईहरुलाई जस लिने चिन्ता थियो, त्यसकारण त्यसको श्रेय केपी ओलीलाई किन दिने भनेको होइन ? त्यसैले अझैसम्म शान्ति प्रक्रिया टुंगिएको छैन ।

सम्माननीय प्रधानमन्त्री शान्ति प्रक्रियाका घाउ टुंग्याउन चाहनुहुन्न । द्वन्द्व पीडितलाई नुनचुक छर्किएर आन्दोलन सिर्जना गर्न थालिएको छ । हिजोका कुरा बिर्सिएर शान्तिपूर्ण मेलमिलापका रुपमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीज्युले हिंसा शुरु गरेको दिनलाई राष्ट्रिय उत्सवको रुपमा घोषणा गर्नुभयो । उत्सव मनाउ, नाचगान गर, बाजा बजाउ, नाच, त्यसका लागि छुट्टी । यो बिदा घोषणा मान्य छैन । हिंसातर्फको गत फागुन १ गतेबाट प्रधानमन्त्रीज्युले माघ मसान्तमा घोषणा गर्नुभयो ।

यो बसेका घाउका खाका उक्काएर हिंसा शुरु गरिएको दिन कुनै देशको उल्लास उत्सव हुन सक्दैन । अब हिंसा शुरु गरेको दिन हामी भोज खाएर, नाचेर, शहीदका परिवारहरु, शहीदका बच्चा पढाउने जिम्मा नलिने, तिनका अगाडि उत्सव मनाउने ? तपाईले बिदा केका लागि दिनुभयो ? के हो बिदा भनेको, केका लागि ? नेपाल र नेपाली जनताका लागि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउन मञ्जुर छैन । हामी उत्सवको रुपमा मनाउन तयार छैनौँ । हामी छुट्टी मनाइ मनाइकन नाचगान र भतेर गर्न तयार छैनौँ । यो आउने क्याबिनेटबाट निर्णय फिर्ता लिनुस् । बिदा फिर्ता लिनुहुन्न भने यसलाई रद्ध गर्नुहुन्न भने हामीले यसका बिरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।’

अध्यक्ष ओलीले फागुन १ गते केका लागि बिदा हो भन्दै प्रश्न गर्नुभयो ।