१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी जंगलबाट हराएका पाँच बालबालिकाको सकुशल उद्दार



अ+ अ-

काठमाडौं ।  शनिबार दिउँसो चन्द्रागिरीमा हिउँ खेलेर फर्किने क्रममा हराएका पाँच बालबालिकालाई उद्धार गरिएको छ । 

प्रहरीले उनीहरुलाई शनिबार मध्यरातमा सकुशल उद्दार गरेको हो ।

उद्धार गरिनेमा चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने रीता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिशा गुरुङ र एरविन गुरुङ रहेका छन् । 

प्रहरीले उनीहरुलाई मध्यराती सवा १ बजे जंगलमा फेला पारि आफन्तको जिम्मा लगाइएको हो । 

बालबालिकाहरु हिजो दिउँसो हिउँ खेल्न चन्द्रागिरी गएको र सम्पर्कविहीन भएको सूचना राती साढे ८ बजे प्रहरीले पाएको थियो ।

सूचना पाएलगत्तै डीएसपी डिल्लीनारायण पाण्डेयको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीकासहित ३७ जना प्रहरीको टोलीले ५ घण्टा लामो प्रयासपछि बालबालिकालाई सकुशल फेला पारेको प्रहरीले जनाएको छ ।