२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको प्रश्न: यो देशमा न्याय छैन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गर्नुभएको छ ।

उहाँले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताउनु भयो । उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताउनु भयो । उहाँले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज ४ वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनमाथि एसिड छर्नेलाई, उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । सरकारले एसिड आक्रमण कर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छन् । सरकारले उनको उपचार गराइरहेको छैन । एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने ।

हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानून ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभुति गरेका थिए । उनीहरुलाई सरकारले अस्ति छोडिदियो । मैले मिति बिर्सिएँ, फागुन एक गतेको उत्सवमा हो की संविधान दिवस भन्ने पारेर छोड्यो, त्यति यकिन भएन । अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई अहिले मुस्कान खातुनको पेटको छाला, तिघ्राको छाला निकालेर टाँस्नु परेको छ । आरामसँग चार वर्ष बाध्यतावश राख्यो । त्यसपछि एउटा निहुँ पारेर छोड्यो । यो देशमा कुनै न्याय हुँदैन । की न्याय भनेको यही हो ? अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ । सरकारले एउटा नियम बनाउँछ, यस्तो भइरहेको छ ।’

अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गर्नुभयो ।