२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेतन पत्नी भारतीको सरकार र राष्ट्रपतिमाथि आक्रोशः हत्यारालाई आममाफी दिने तपाईंहरु पनि हत्यारा नै हो



अ+ अ-

काठमाडौँ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा १२ वर्ष सजाय काट्न बाँकी रहँदै दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिएको प्रति चेतनपत्नीले आममाफीको अधिकार कसले दियो भन्दै प्रश्न गर्नुभएको छ ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो – ‘आम माफीको अर्थ के हो ? राष्ट्रपतिलाई थाहा छ कि छैन त्यसको जबाफ चाहियो ?’

उहाँले अगाडी भन्नुभयो ‘‘राष्ट्रपतिलाई परेको भए थाहा हुन्थ्यो सिन्दूरको मूल्य, कसैले आफ्नो जीवन गुमाएको छ, कसैले आफ्नो छोरा गुमाएको छ, कसैले बुबा गुमाएको छ । आजसम्म पनि हामी त्यो घटनाबाट निस्कन सकेको छैनौँ ।’

‘‘मलाई सरकार र देशको कानुनमाथि विश्वास थियो । एउटा हत्यारालाई मन्त्री जसरी सम्मानका साथ कारागारबाट निकालियो । यही हो नेपालको कानुन ? उहाँले प्रश्न गर्दै भन्नुभयो ‘हत्यारालाई साथ सपोर्ट गर्ने पनि हत्यारा नै हो । यहि मेरो ठाउँमा राष्ट्रपति वा प्रधानमन्त्रीको छोरी भएको भए आममाफी दिनुहुन्थो कि जेलमा राख्नुहुन्थो ?’

अब न्यायका लागि लड्ने जानकारी गराउँदै बुधबारबाट माईतीघर मण्डलामा अनसन बस्ने उहाँले बताउनुभयो । हत्यारालाई आममाफी दिएपछि पीडित परिवार आतंकित भएको भन्दै उहाँले भन्नुभयो ‘के कानुन मरेको हो ?’

संविधान दिवसको दिन हत्याका मुख्य योजनाकार मानिएका रिगललाई राष्ट्रपतिले आम माफी दिनु भएको थियो । २८ असार २०७२ मा रिगलले चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा हत्या गरेका थिए । रिगल पक्राउ परेपछि हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दे सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।