१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेक ओबेरोयसँगको ठगी मुद्दामा निर्माता सञ्जय शाह पक्राउ



file photo
अ+ अ-

एजेन्सी । नवाजुद्दीन सिद्दीकी स्टारर फिल्म ‘हड्डी’का निर्माता सञ्जय शाह पक्राउ परेका छन् ।

सञ्जयमाथि बलिउड अभिनेता विवेक ओबेरोयसँग फिल्म निर्माणका लागि १.५ करोड रुपैयाँ ठगी गरेको आरोप छ । मुम्बई प्रहरीको सर्कल–१० का डीसीपी दत्ता नलावडेले सञ्जयको गिरफ्तारीको पुष्टि गरेका छन् ।

बान्द्रा हलिडे कोर्टले सञ्जयलाई एक दिनको हिरासतमा पठाएको छ । विवेक ओबेरोय विरुद्धको ठगी मुद्दामा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेको छ । मुद्दाको अर्को सुनुवाई अक्टोबर १६ मा हुनेछ ।

हाल यस मुद्दामा सञ्जयलाई मात्रै पक्राउ गरिएको छ तर आगामी दिनमा थप तीन जनालाई पनि पक्राउ पर्न सक्छन् ।

सन् २०१७ मा विवेक ओबेरोयले आफ्नो कम्पनी आनन्दिता इन्टरटेनमेन्ट एलएलपीका साझेदार संजय शाह, नन्दिता शाह र राधिका नन्दसँग फिल्म निर्माण गर्न लागेका थिए । यो फिल्मको नाम ‘गुन्से’ थियो । यसका लागि ३१ जनवरी २०१७ मा सम्झौता पनि भएको थियो । कम्पनीले अभिनेता नवाजुद्दीन सिद्दिकीलाई पनि ५१ लाख रुपैयाँ साइन इनामस्वरुप दिएको थियो ।

त्यसपछि नोभेम्बर २०२१ देखि मार्च २०२२ सम्म तीन साझेदार सञ्जय शाह, नन्दिता शाह र राधिका नन्दको ओबेरोयसँग कम्पनीको पैसा व्यक्तिगत प्रयोगलाई लिएर विवाद भएको थियो । ओबेरोयलाई जानकारी नगरी, तीनै जनाले जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडसँग साझेदारीमा फिल्मको छायांकन सुरु गरे र यसलाई ‘हड्डी’ नाम दिए । यसअघि फिल्म ‘गुंसे’ मा नवाजुद्दीनको भूमिकाको नाम ‘हड्डी’ थियो ।