२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमश: भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिनुभयो । निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिइने उहाँले बताउनुभयो ।

गत साल कसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षात्सँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो ।

सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताउनुभयो । यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्दछन् । रासस