७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पका ६ वर्ष : इपिसेन्टरले बिर्सियो त्रासदी



अ+ अ-

काठमाडौं । गुजुमुच्च बस्ती, लाहुरेको गाउँ । बौद्ध हिमालको काखमा रहेको बारपाक, भीसी गजे घलेको गाउँका रूपमा पनि परिचित बन्यो । गुरुङ, घले र दलित समुदायका एकनासका घर रहेको बारपाकको दृश्य भूकम्पको घटनाअघिसम्म बेग्लै थियो । ढुंगाको गारो, ढुंगाकै छानो भएका घर धेरै थिए । २०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर यो गाउँमा अब भने अग्ला पक्की घर थुप्रै भएका छन् ।

६ वर्षको अन्तरालमा बारपाकको निजी आवासतर्फ मात्र ९६ प्रतिशत पुनर्निर्माण सकिएको छ । ढुंगाका छाना भएका घर विस्थापित भएका छन् । अधिकांश घर पक्की बनेका छन् । ढुंगाको छाना, ढुंगाकै गारो भएको गाउँमा अहिले जस्तापाता टल्किएका छन् । धेरैले करोडसम्म खर्चेर पक्की घर बनाएका छन् ।

बारपाकका कृष्णबहादुर गुरुङ घर हेरेरै धनी र गरिब सर्लक्कै छुट्टिने बताउँछन् । ‘पैसा हुनेको बिल्डिङ छ, पैसा नहुनेको साना र जस्ताले छाएका घर छन्,’ उनले भने, ‘भूकम्पपछि सबैभन्दा देखिने परिवर्तन भनेको नै घरमा हो ।’ देखासिकी गरेर कंक्रिट पिलरको घर बनाउन स्थानीय आकर्षित भएकाले पनि बारपाकको मौलिकता हराएको भन्दै उनले व्यक्त चिन्ता गरे । कान्तिपुर दैनिकमा छ ।