१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले खोप लगाएका पर्यटकका लागि फेब्रुअरी २१ मा सीमानाहरू पुनः खोल्ने



अ+ अ-

सिडनी । कोभिड महामारीका कारण विश्वको सबैभन्दा कडा र सबैभन्दा लामो समयदेखि जारी रहेको यात्रा प्रतिबन्धलाई अन्त्य गर्दै अष्ट्रेलियाले फेब्रुअरी २१ देखि पर्यटकहरूका लागि आफ्नो सिमाना फेरि खोल्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार यसको घोषणा गरेका हुन् । 

राष्ट्रिय सुरक्षा मन्त्रिपरिषद्को बैठकपछि मोरिसनले भने, “हामीले अस्ट्रेलियासँगको सीमा बन्द गर्ने निर्णय गरेको लगभग दुई वर्ष भइसक्यो।”

उनले सबै भिसा धारकहरूलाई ‘यस वर्षको फेब्रुअरी २१ मा’ सिमानाहरू पुनः खोल्ने घोषणा गर्दै भने, “यदि तपाइँले दोहोरो खोप लगाउनुभएको छ भने हामी तपाइँलाई अष्ट्रेलियामा स्वागत गर्न तत्पर छौँ ।”

बढ्दो विश्वव्यापी महामारीबाट टापु महादेशलाई जोगाउने अपेक्षामा मार्च २०२० मा अस्ट्रेलियाको सिमाना बन्द गरिएको थियो।

त्यसबेलादेखि धेरैजसो समयका लागि,अष्ट्रेलियालीहरूलाई मुलुक छोड्न प्रतिबन्ध लगाइएको छ र केवल सीमित आगन्तुकहरूलाई प्रवेश गर्न छुट दिइएको छ।

नियमले विदेशमा फसेका नागरिक र परिवारलाई विभाजित गरेको छ भने देशको अर्बौं डलरको पर्यटक उद्योगलाई हानी पुर्‍याएको छ । साथै यसले आधुनिक, खुला र बाहिरी देखिने राष्ट्रका रूपमा अस्ट्रेलियाको स्थितिको बारेमा प्रायः तीतो बहस छेडेको छ।

अष्ट्रेलियाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अनुसार प्रत्येक महिना सीमा बन्द हुँदा व्यवसायलाई करिब दुई अर्ब ६० करोड अमेरिकी डलर खर्च भएको छ ।

हालैका महिनामा अष्ट्रेलियाली, दीर्घकालीन बासिन्दा र विद्यार्थीहरूका लागि नियमहरू क्रमशः खुकुलो बनाइएको छ । पछिल्लो निर्णयले बाँकी सबै प्रतिबन्धहरु लगभग हटाइनेछ। एएफपी