२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण



अ+ अ-

काठमाडौँ । काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि अज्ञात व्यक्तिद्वारा धारिलो हतियारबाट आक्रमण भएको छ ।

काठमाडौँ महानगरपालिका–९ स्थित पिङ्लास्थानमा सञ्चालित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ अन्दाजी ३८ वर्षीय सवीर हुसेनलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सवीर हुसेनलाई धारिलो हतियार प्रहार भएको भनेर उपचारमा संलग्न डाक्टरहरुले पनि भनेका छन्, घटनास्थलमा एक थान कटुवा पेस्तोल फेला परेको छ, आक्रमणकारीको खोजी भइरहेको छ ।”

धारिलो हतियारबाट घाइते हुसेनको अहिले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो । रासस