• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा



एजेन्सी । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उहाँको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उहाँका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प सङ्गठनको घर जग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसक्नुभएको छ ।

न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उहाँका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहनुभएको छ ।

सोमबार बिहानको सुनुवाइमा आफू उपस्थित हुने ट्रम्पले आइतबार बेलुका बताउनुभएको थियो । “मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न भोलि बिहान म अदालत जाँदैछु”, आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा उहाँले लेख्नुभएको छ, “यो सम्पूर्ण मामिला नकली हो ।”

यो नागरिक मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठूला आपराधिक मामिलाको पनि सामना गर्नु पर्नेछ ।

जो बाइडेनले जितेको सन् २०२० को राष्टपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उहाँलाई आगामी मार्च ४ मा वासिङ्टनस्थित सङ्घीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ ।

त्यसपछि उहाँ न्युयोर्क राज्य अदालतमा फिर्ता हुनुहुनेछ । अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा सङ्घीय अदालतमा हाजिर हुनुहुनेछ । उहाँमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्तावेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ ।

अन्तिममा उहाँले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्ने छ । जर्जियामा उहाँमाथि अवैधरूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ ।