६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सत्तारुढ दलका नेताहरु भ्रष्टाचारका हिमायती हुन्ः एमाले महासचिव पोखरेल

सत्तारुढ दलका नेताहरु भ्रष्टाचारका हिमायती हुन्ः एमाले महासचिव पोखरेल
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ ।

सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला उहाँले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार आएको आरोप लगाउँदै उनीहरुनै जेल जाने जिकिर गर्नुभएको हो । पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमवार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले सधैँ सुशासनको पक्षमा रहेको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहो¥याउनु भयो । उहाँले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘जेल जाने काम भनेको सत्ताको नेतृत्व गरिरहेको गठबन्धनका नेताहरुनै जेल जाँदैछन् नेकपा एमाले होइन । किनकी नेकपा एमाले सदैव भ्रष्टाचारको बिरुद्धमा छ । नेकपा एमाले सुशासनको पक्षमा छ । त्यस अर्थमा जतिजति घटनाका छानविन हुँदैछन । अन्त्यमा जेल जाने काम सत्ता गठबन्धनको हुनेछ । किनकी उनीहरु भ्रष्टाचारका हिमायती हुन । भ्रष्टाचार उनीहरुको शासकीय चरित्र हो भन्ने कुरालाई तपाई, हामी सबैले बुझ्न जरुरी छ भन्ने कुरा म राख्न चाहन्छु । जतिबेला हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्रीका रुपमा रहनु भयो, देशव्यापी रुपमा विकास र समृद्धिका लहरहरु शुरु भए । यही पोखरामा हामीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व ग¥यौं ।’

महासचिव पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व पनि एमालेले नै गरेको बताउनु भयो । उहाँले पद प्राप्तको विषयलाई प्राथमिकतामा नराख्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । मुलुकको भाग्य र भविष्य निर्माणको विषय नै सिंगो पार्टीको साझा लक्ष्य भएकाले एमालेका सबै नेता, कार्यकर्ताहरुले एकता भएर सो लक्ष्य प्राप्तीमा केन्द्रित हुनुपर्ने बताउनु भयो । महासचिव पोखरेलले मिशन २०८४ पूरा हुनेगरी एमाले एक्लैले बहुमतको सरकार बनाउने योजनाका साथ सिंगो पार्टी पंक्ति एकता भएर अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब एमालेलाई एक्लै जनताको बुहमत प्राप्त शक्तिको रुपमा स्थापित गर्नका लागि अव हामीले भुमिका खेल्नुपर्दछ । अब हामीले हाम्रो पार्टीलाई त्यो दिशातर्फ उभ्याउन सक्नु पर्दछ । र, म कमरेडहरुका बीचमा अनुरोध गर्न चाहन्छु–गण्डकी प्रदेशमा एक्लै बहुमत ल्याउने गरी लाग्नु पर्दछ । त्यसका लागि हामीलाई एकताको आवश्यक्ता पर्दछ । हो लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । यसको विशेषता नै हो । तर त्यो भन्दा पनि उन्नत संस्कार के हो भन्दाखेरी आपसी एकता र समझदारी हो ।

गण्डकी प्रदेशका कमरेडहरुले त्यो एकता र समझदारीको एउटा उच्चतम लोकतान्त्रिक नमूना प्रश्तुत गर्न सफल हुनुहुनेछ भन्ने विश्वास मैले राखेको छु । हाम्रा लागि पद प्राप्तीको विषय प्राथमिकताको विषय बन्नु हुँदैन । मुलुकको भाग्य र भविष्यको जिम्मेवारी पार्टीको काँधमा करिी प्राप्त गर्न सकिन्छ भन्ने कुरा नेता, कार्यकर्ताहरुको साझा जिम्मेवारीको विषय बन्नु पर्दछ । र, सबैको एउटै संकल्प मिशन २०८४ मा बहुमत प्राप्त पार्टीको रुपमा, बहुमतको सरकार बनाउने योजनाको रुपमा स्थापित गर्ने हिसावले हामीले राष्ट्रको नेतृत्व गर्नु पर्दछ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले जनताको रोजाईको पार्टी भएकाले एमाले एक्लैले बहुमत ल्याएर सरकार सञ्चालन गर्नेपर्ने बताउनु भयो ।