१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली अझै पुगेनन् पोखरा, अधिवेशन उद्घाटन नहुँदै मन्तव्य चल्यो



अ+ अ-

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा जारी छ । प्रतिकूल मौसमका कारण उद्घाटन समारोह केही ढिलो गरी सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्रतिकूल मौसमका कारण उडान प्रभावित भएपछि कार्यक्रम ढिलो सुरु भएको हो ।

ओली अझै पोखरा पुगेका छैनन् । ढिला भइसकेकाले उद्घाटन ओली आएपछि मात्रै गर्ने गरी कार्यक्रम सुरु गरिएको छ । उद्घाटन नगरिए पनि मन्तव्य राख्ने कार्यक्रम जारी छ । नेताहरुले मन्तव्य दिइरहेका छन् ।

नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यका अनुसार अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकूल मौसमका कारण उडान रोकिँदा केही समय ढिलाई हुन पुगेको हो ।