६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन
अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ ।

युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो ।

यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको चेतावनी दिनुभयो ।

“युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौँ”, शनिबार अबेर कांग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भन्नुभयो ।

“हामीसँग समय छ, धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ”, सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।

उहाँले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गर्नुभयो ।

“सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रुर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ”, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भन्नुभयो, “खेल बन्द गरौँ र युक्रेनलाई सहयोग गरौँ ।”

तर अधिकांश विधायकहरूले युक्रेन सहायताका लागि कांग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् ।

युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ । रासस