२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखाबाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका-३ बाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएका प्रहरीले आइतबार राति थापागाउँ पुलमा लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रुपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको हो।

यस्तै, झापाबाट पनि जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले अग्रवाल समेत ३ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।