• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

देवचुलीमा सामूहिक फूलखेती



फाईल फोटो

त्रिवेणी । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले आर्थिक तथा कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ । देवचुली–१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले भन्नुभयो, “युवालाई रोजगारसँग जोड्ने वडाको योजनाअनुसार पहिलो चरणमा पुष्प खेती सुरु गरिएको छ, क्रमश: अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य छ । भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारलाई स्वरोजगार बनाउने अभियानमा वडा रहेको उहाँले बताउनुभयो ।

वडाको सहयोगमा लक्ष्मीपुरमा १३ जना र प्रगतिटोलमा १२ जनाले सामूहिक सयपत्री फूल खेती सुरु गरेको उहाँले बताउनुभयो । मङ्सिरसम्म पुष्प खेतीमा हुने र त्यसपछि तरकारी खेतीलगायतका स्वरोजगार कार्यलाई वडाले लगानी गर्ने उहाँको भनाइ छ ।

देवचुली नगरपालिकामा भएका सङ्घसंस्थाका कार्यक्रममा खादा प्रयोग नगरी किसानले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न उहाँले आग्रहसमेत गर्नुभयो । अब फूल तयारी हुने क्रममा रहेकाले खादाभन्दा स्थानीय रुपमा उत्पादन हुने फूलको प्रयोगमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

फूल आवश्यक पर्नेका लागि थुँगा, माला बनाएर दिइने प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले बताउनुभयो । फूल बिक्रीबाट आएको रकमबाट आफ्नो सामान्य घरखर्च चल्ने उहाँको अपेक्षा रहेको छ ।

देवचुली–१२ मा कर्मा पाँच सय ५५, कर्मा एक सय ११ र कलकतिया प्रजातिका फूल लगाइएको देवचुली नगरपालिका कृषि शाखाका प्राविधिक नरेन्द्र भण्डारीले बताउनुभयो । कलकतिया प्रजाति केही ढिलो फूलने गरेको र कर्मा जातका फूल सामूहिक पुष्प खेती गरेको स्थानमा फुलिरहेको उहाँले बताउनुभयो । फूल स्वस्थ र राम्रो रहेको साथै अब सबै मिलेर बजारीकरणका लागि पहल गर्नुपर्ने उहाँले बताउनुभयो । रासस